काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य चाहिँ बढेको छ । बिहीबारको तुलनामा शुक्रबार चाँदी ४० रुपैयाँले बढेको हो ।
बिहीबार ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार स्थिर रहँदै ९२ हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
चाँदी भने आज ४० रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल माघ १६ गते शुक्रबार, ११:२२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook