काठमाडौंः नेपाली बजारमा आज सुनको स्थिर रहेको छ भने चाँदीको मूल्य चाहिँ घटेको छ । सोमबारको तुलनामा मंगलबार चाँदी २० रुपैयाँले घटेको हो ।
सोमबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
चाँदी भने आज २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल माघ २० गते मंगलबार, १२:४६
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook