काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको चाहिँ बढेको छ । आइतबारको तुलनामा सोमबार चाँदी ५ रुपैयाँले बढेको हो ।
आइतबार ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार स्थिर रहेर ८६ हजार ६ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ८६ हजार १५० रुपैयाँमै कारोबार भइरहेको छ ।
चाँदी भने आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल चैत २ गते सोमबार, ११:०४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook