काठमाडौंः नेपाली बजारमा आज सुनको स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार चाँदी ५ रुपैयाँले बढेको हो ।

आइतबार ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमै कारोबार भइरहेको छ ।

चाँदी भने आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १० गते सोमबार, १४:२७