काठमाडौंः आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

बुधबार ८९ हजार ८ सयमा कारोबार भएको छापावाला सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ८९ हजार ३ सय ६५ रुपैयाँमै कारोबार भइरहेको छ ।

तर, चाँदी भने आज प्रतितोलामा ५ रुपैयाँले बढेर ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः बिहीबार, असार ४, २०७७, १२:१५