काठमाडौंः आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

शुक्रबारको तुलनामा आइतबार बजारमा चाँदी ५ रुपैयाँले बढेको हो ।

शुक्रबार ७१ हजार ६ सयमा कारोबार भएको छापावाला सुन आइतबार पनि स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ३ सयमै कारोबार भइरहेको छ ।

चाँदी आज चाहिँ ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः आइतबार, पुस ६, ११:०२