काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुन तोलामा ४ सय र चाँदी १० रुपैयाँले बढेको हो ।

आइतबार ९० हजार ६ सयमा कारोबार भएको छापावाला सुन सोमबार ४ सयले बढेर ९१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज प्रतितोलामा १० रुपैयाँले बढेर ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः सोमबार, असार ८, २०७७, १२:२४