
सुनसरीः सुनसरीको छुट्टाछुट्टै स्थानमा पानीमा डुबी दुई जना बालिकाहरुको मृत्यु भएको छ ।
आइतबार इनरुवा नगरपालिका–७ का प्रदिप दनुवारको २ वर्षीया छोरी प्रसंसा दनुवार खेल्ने क्रममा घर अगाडी रहेको नहरमा डुबेर मृत्यु भएको हो ।
उनको नहरमा डुबेर उपचारको लागी बिराट मेडिकल कलेज टंकी मोरङ पुर्याउँदा मृत्यु भई सकेको प्रहरीले जनाएको छ ।
त्यस्तै, आइतबार दिउँसो सुनसरीकै बराहक्षेत्र नगरपालिका–५ ठिकि टोलका भरत अधिकारीको १८ महिनाकी छोरी आश्मा अधिकारी आफ्नै घर छेउमा खेल्ने क्रममा बाल्टिनको पानीमा अचानक डुबी बेहोस भई घोपा धरानमा लगी उपचारको क्रममा मृत्यु भएको हो । ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मितिः २०७८ साल जेठ ३१ गते सोमबार, १०:०२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook