सुनसरीः दुहबी नगरपालिका–८ सोनापुर कोशी राजमार्गबाट नियन्त्रित लागूऔषध ४ एम्पुल डाईजेल्याप, ४ एम्पुल फेनारगन, ४ एम्पुल लुपिजेसिक र १८ एम्पुल स्पास्मो प्राक्सिबन सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ बस्ने २५ वर्षीय संजोग लिम्बु र बराहक्षेत्र नगरपालिका–६ बस्ने २१ वर्षीय बिसाल राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ५ गते आइतबार, १६:५९