सुनसरीः इटहरी उपमहानगरपालिका–५ स्थित राजमार्ग एरियाबाट दुई जना अतिसबाजी (पटका) सहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी श्रीपुरका १९ वर्षीय आलम मिया र सोही स्थानका २७ वर्षीय समिर मिया रहेका छन् ।

विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई बिहीबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार राजमार्ग किनारमा पटका बोरा तथा कार्टुनमा लुकाई छिपाई राखेर सप्लाईका लागी मौका छोपी बसिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिईएको थियो ।

नियन्त्रणसँगै बोरा तथा कार्टुन खोलेर हेर्दा SRIVIJAI-COBRA-६७ बण्डल पटका फेला पारी बरामद गरिएको हो ।


यसरी पटका सहित पक्राउ परेका दुवै जना माथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

 


प्रकाशित मितिः शुक्रबार, असोज २३, २०७७, १०:५०