सुनसरीः धरान उपमहानगरपालिका–१५ बस्ने सुरेश लिम्बुको घरमा कौडा खेलिरहेका सोही ठाउँ बस्ने ४२ वर्षीय राज कुमार लिम्बु लगायत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले नगद १ लाख ८९ हजार २ सय १५ रुपैयाँ र १६ थान कौडा सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ४ बिहीबार, १८:०८