सुनसरीः सुनसरीमा मंगलबार बिहान साढे ९ बजे चट्याङले लागेर १३ वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–६ बस्ने १३ वर्षीया सुष्मा पासवान रहेकी छन् ।

आफ्नै खेतमा माछा मार्दे गरेको अवस्थामा बर्षासँगै आएको चट्याङले लागेर घाइते भएकी बालिकालाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले सुनसरीले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७, १३:४३