सुनसरीः बराहाक्षेत्र नगरपालिका–५ मा बिहबिार साँझ टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय मन्जु राजधामिको ५ वर्षीय छोरा सुजन रहेको प्रहरीले जनाएको छ ।

नडाहाबाट कालाबन्जरतर्फ जाँदै गरेको को १ ख ५७६५ नम्बरको टिपरले सडक पार गर्दै गरेका सुजनलाई ठक्कर दिँदा मृत्यु भएको हो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई धरानबाट थप उपचारको लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, फागुन ३०, ०९:०६