सुनसरीः सुनसरीबाट नियन्त्रित लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोशी गाउँपालिका–५ बस्ने २२ वर्षीय तनवीर आलम मियाँ रहेका छन् ।

प्रहरी चौकी श्रीपुरबाट खटिएको गस्ती टोलीले शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा मियाँलाई एक सय एमएलको डाईलेक्स डिसी २५ बोतल, स्पास्मो प्रक्सिभन प्लस ७२ क्याप्सुल, नाईट्राभेट २ सय ७० ट्याब्लेट र नगद २१ हजार रुपैयाँ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मियाँ उपर लागूऔषध शीर्षक मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


प्रकाशित मितिः शनिबार, जेठ १७, १९:११