सुनसरीः सुनसरीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हरिनगरा–४ बस्ने २२ वर्षीय सुशिल मेहता इलाका प्रहरी कार्यालय हरिनगराले जनाएको छ ।

आज बिहान ११ बजे सोही स्थान स्थितमा रहेको मारिया खोलामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


प्रकाशित मितिः आइतबार, असोज ४, २०७७, २१:४९