सुनसरीः बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जार चोकमा मंगलबार बेलुकी पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा पैदलयात्रीको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय ३९ वर्षीय महेन्द्र साह रहेका छन् ।

पकली रुपनी सडकखण्डमा प्रदेश १–०२–०४३ प ८८२७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा घाइते भएका उनको उपचारका क्रममा धरान घोपामा मृत्यु भएको प्रहरी चौकी भरोलले जनाएको छ ।

घाइते भएका मोटरसाइकल चालक ३० वर्षीय घनश्याम धामीको सोही अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २८ गते बुधबार, १०:०६