काठमाडौंः गायक सुन्दर ‘भिकेटी’ र गायिका ममता गुरुङको स्वरमा रहेको गीत ‘पिरतीको भिसा लगाईदेउ’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

लोकप्रिय गीतकार डि.पी. खनालको शब्द, कल्याण सिंहको संगीत र उदयराज पौडेलको संगीत संयोजनमा रहेको गीतको भिडियोमा ‘टिम कार्टुन’ को साथमा टिकटक क्विन समिक्षा बस्नेत, करिश्मा सिंह ठकुरी, बिना राउत, युशला ओली लगायतलाई फिचरिङ गरिएको छ ।

नवराज उप्रेतीको छायांकन र नविन निरौलाको सम्पादन रहेको यस भिडियोलाई गम्भीर बिस्टले कोरियोग्राफी तथा निर्देशन गरेका हुन ।

डश म्युजिकको प्रस्तुति रहेको ‘पिरतीको भिसा’ लाई ‘डश म्युजिक नेपाल’ को आफ्नै यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल पुस ५ गते आइतबार, १५:३७