काठमाडौंः सुन तस्करी र सनम शाक्य हत्या अनुसन्धान गर्न सरकारबाट गठित विशेष अनुसन्धान टोलीको म्याद थप गरिएको छ ।

गत चैत ३० गते मन्त्रिपरिषद्को बैठकले संगठित अपराध निवारण ऐन अनुसार सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको थियो। शुरुमा सरकारले दिएको ४५ दिनको समय अपर्याप्त भएपछि पुनः एक महिनाको म्याद थपिएको हो ।

टोलीले अहिलेसम्म सनम शाक्यको हत्यामा अनुसन्धानका साथै त्रिभुवन विमानस्थलबाट तस्करीको ३८ सय किलो सुन भित्रिएको घटनाको पनि अनुसन्धान गरिरहेको छ।