काठमाडौं: सुन तस्करीमा संलग्न भनिएको नेपाल प्रहरीका एसएसपी श्याम खत्रीले जिल्ला अदालत मोरङसमक्ष आत्मसमर्पण गरेका छन्।

साढे ३३ किलो सुन प्रकरणमा जोडिएका एसएसपी खत्रीविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरे लगतै उनी बिहीवार अदालत पुगेका हुन्।

सुन प्रकरण र सनम हत्याको विषयमा छानविन सुरु भएसँगै फरार रहेका खत्रीसहित रमेश उप्रेती र मोहनकुमार अग्रवाल विरुद्ध प्रहरी प्रधान कार्यालय नक्सालले डिफ्युजन नोटिस जारी गरेको थियो।

एसएसपी श्याम खत्रीले विमानस्थलमा कार्यारत हुँदा सुन तस्करीलाई सहयोग गर्ने गरेको गोरेले बयान दिएका छन्। खत्रीले विमानस्थलबाट एक किलो सुन बाहिर ल्याउँदा पचास हजार रुपैयाँसम्म लिने गरेको गोरेको दाबी छ।


। अन्य अभियुक्तहरुले पनि उनीविरुद्ध वयान दिएका छन्।

एसएसपी खत्री २०७३ पुस २१ गते केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा समेत पक्राउ परेका थिए। अन्ततः खत्रीलाई अदालतले धरौटी बुझाएर छोडेको थियो।

एसएसपी खत्रीको अदालतले बयान शुरु गरेको छ।