विराटनगर: ३३ किलो सुन प्रकरणमा मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ।
जिल्ला अदालत मोरङको बन्द इजलासमा बुधवारदेखि भएको बयान चार दिन लगाएर आज आइतबार सकिएको हो ।
उनको लिखित बयान ३७ पाना लामो छ।
मंगलवार काठमाडौंको गौरीघाटबाट पक्राउ परेका गोरेको आजबाट नै बहस सुरु हुने बताइएको छ ।
सुन प्रकरणमा सनम शाक्यको हत्या र सुन तस्करीको मुख्य अभियुक्त गोरेलाई बनाइएको छ। जिल्ला न्यायाधीवक्ता पुण्य पाठकले सरकारको पक्षमा र गोरेका पक्षमा वकिल यमबहादुर मगर बहस गर्ने भएका छन्। आज नै बहसपछि अदालतको फैसला आउने सम्भावना छ।
सुन प्रकरण र हत्याको अभियोगमा जिल्ला अदालत मोरङले एसएसपी सहित २८ जनालाई पूर्पक्षका लागि थुनामा पठाइसकेको छ।
।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook