विराटनगरः साढे ३३ किलो सुनकाण्डका अभियुक्त रहेका डेविट भनिने छिरिङ वाङ्गेल घलेले जिल्ला अदालत मोरङमा आत्मसर्मपण गरेका छन् ।

उनले आइतबार अधिवक्ता सरोज अधिकारीमार्फत अदालतमा आत्मसर्मपणको निवेदन दिएर उपस्थित भएको बताईएको छ ।

जिल्ला अदालत मोरङमा पुगेका घलेको अहिले बयान चलिरहेको छ ।