काठमाडौंः ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेले छ वर्षमा ५ वटा पासपोर्ट प्रयोग गरेको पाइएको छ ।

अभियुक्तहरुको अनुसन्धानका लागि गठीत छानबिन समितिले मुख्य नाइके गोरे, उनका भाइ रमेश, मुख्य भरिया टेकराज मल्लको ट्राभल हिस्ट्री अनुसन्धान गर्दा यस्तो तथ्य फेला परेको हो ।

अनुसन्धानबाट पछिल्ला तीन वर्षमा उनीहरू दर्जनौंपटक दुबई गएको पत्ता लागेको छ ।
उनले सन् २०१३ मा ०६७२२८९१ नम्बरको तथा २०१४ मा ०७६३६७१९ र ३६०५९३८१ नम्बरको पासपोर्ट प्रयोग गरेका थिए ।

त्यस्तै फरक–फरक मितिमा उनले ०८४७३४४० र ०७९३६३०३ नम्बरको पासपोर्ट निकालेको पाइएको छ ।


। बारम्बार यात्रा गर्दा छिट्टै पासपोर्टको पाना सकिने भएकाले ६ वर्षमा पाँचवटा पासपोर्ट प्रयोग गरेको देखिन्छ ।

केन्द्रीय अनुसन्धान ब्युरो वा प्रहरीका अन्य इकाईले व्यक्तिको नाम र पासपोर्ट नम्बर टिपाएपछि मात्रै अध्यागमन अधिकारीले तिनीहरूलाई यात्रा प्रतिबन्ध लगाउन सक्छन् ।

साढे ३३ किलो सुन तस्करीपछि एउटै व्यक्ति बारम्बार विदेश जाँदा तिनलाई शंकाको घेरामा राख्न सकिने प्रणाली विकास नगरिएकाले उस्तै प्रवृत्ति पछिल्लो घटनामा समेत दोहोरिएको छ ।

अध्यागमनका एक अधिकारी भन्छन्, ‘कमजोर सफ्टवेयर र प्रहरी र अध्यागमन अधिकारीको बलियो समन्वयको अभावमा शंकास्पद व्यक्तिहरू निगरानीभन्दा बाहिर हुने गरेका छन् ।कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।