नेपाल प्रहरीका तीन जना पूर्वअधिकारीहरुले अदालतमा विचाराधिन मुद्दामा सार्वजनिक अभिव्यक्ति दिएपछि गृहमन्त्रालयले आपत्ति जनाएको छ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गृहले सुन तस्करीको संगठित अपराध अनुसन्धानका लागि गठित समिति र उसले सञ्चालन गरेका कामकारवाही लक्षित गर्दै विभिन्न व्यक्ति र संस्थामार्फत भइरहेको चलखेलप्रति आपत्ति जनाएको हो।

स्रोतकाअनुसार गृहमन्त्री थापाले राज्यको सेवासुविधा लिइरहेका प्रहरीका पूर्व अधिकारीले सुन तस्करको मनोबल बढाउनेगरी राज्य संयन्त्रविरुद्ध दिएको अभिव्यक्ति ‘स्वार्थनिहीत भएको बताएका छन् ।

साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको मुद्दा मोरङ जिल्ला अदालतमा विचाराधिन रहेका बेला पूर्वपूर्वएआइजी राजेन्द्रसिंह भण्डारी, पूर्वडीआइजीद्वय हेमन्त मल्ल र रमेश खरेलले सार्वजनिक अभिव्यक्ति दिएका थिए।


उनीहरुले सनम शाक्यको हत्यापछि अनुसन्धानमा खटिएका एसएसपी दीवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण संजेललाई फसाइएको मात्र बताएनन् गृहमन्त्रालयद्वारा गठित छानबिन समितिमाथि नै प्रश्न चिह्न खडा गरेका थिए।

त्यसको भोलिपल्ट गृहका प्रवक्ता रामकृष्ण सुवेदीले विज्ञप्ति जारी गरी केही जिम्मेवार व्यक्तिहरुको गैरजिम्मेवार अभिव्यक्तिहरुप्रति गम्भिर ध्यानकषर्ण भएको गृहमन्त्रालयले विज्ञप्ति जनाएका छन्।

विज्ञप्ति