काठमाडौंः आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य चाहिँ घटेको छ । शुक्रबारको तुलनामा आइतबार बजारमा चाँदी ५ रुपैयाँले घटेको हो ।

शुक्रबार ७३ हजार ३ सयमा कारोबार भएको छापावाला सुन आइतबार स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७३ हजारमै कारोबार भइरहेको छ ।

चाँदी भने आज ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः आइतबार, पुस १३, ११:०९