काठमाडौंः गायक सुमित खड्काको आवाजमा राष्ट्र प्रेम बोकेको ”आउ प्यारा दाजुभाई” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा स्वदेशको विकासमा एक जुट हुनको लागि आपसमा दाजुभाई दिदीबहिनीहरुमा आग्रह गरिएको छ ।

आफनो देशको माटोमा आफुले विकास गर्नको लागि ज्यान त्याग गर्नुपर्ने गीतकार हरिभक्त बुढाथोकीले सम्पुर्ण नेपाली लाई अनुरोध गरेका छन् । शक्ति बल्लवको संगीतमा रहेको छ ।

दिपक जोशीको छायांकन, सदिश जोशीको सम्पादन तथा प्रदिप दाहालको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा कृष्ण शिवाकोटी, उमेश खड्का, प्रदिप दाहाल, आनन्द अधिकारी, अनु गौत्तम र मुन पुडासैनीको अभिनय रहेको छ ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल मंसिर २६ गते शुक्रबार, ११:५३