काठमाडौंः अन्तर्राष्ट्रिय संगठित अपराध तथा आपराधिक समूहमाथि निगरानी र नियन्त्रण गर्न नेपाल सक्षम र सफल देखिएको समाचार आजको गोरखापत्रले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, नेपालको सुरक्षा संवेदनशीलता तथा सतर्कताको अवस्थालाई लिएर आएका कतिपय बाह्य प्रतिवेदनमा सत्यता नभएको दाबी सुरक्षा अधिकारीको छ ।

अन्तर्राष्ट्रिय आपराधिक समूहसम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा निगरानी गर्न नेपाल प्रहरीको प्रतिआतंकवाद (विशेष ब्युरो) दक्षिण एसियामै अब्बल भएको दाबी पनि छ ।

‘नेपाल आतङ्कवादी समूहको प्रयोग भूमि हुनसक्ने कुरामा कुनै दम छैन,’ गृह मन्त्रालय सम्बद्ध अधिकारी भन्छन्, ‘संयुक्त राज्य अमेरिका र भारतले कतिपय अवस्थामा औंल्याएको जस्तो सुरक्षा अवस्थामा नेपाल विलकुुलै कमजोर छैन, बरु अब्बल छ ।


।’


प्रकाशित मितिः आइतबार, कार्तिक २४, ०६:५७