काठमाडौंः अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राती पुरिएका ४ जनाको आईतबार सुरक्षाकर्मीले सकुशल उद्धार गरिएको छ ।

आइतबार बिहान पहिरो खस्न कम भएपछि सेना, सशस्त्र र प्रहरीको टोलीले उद्धार गरेको हो ।

घटनास्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासिन्दासहित ६ वटा स्काईभेटर र डोजर परिचालित भएका थिए । फ्याक्सिन्दामा निर्माणाधिन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे पहिरो झरेको थियो ।

सुरुङमा पुरिएर २ नेपाली र २ भारतीय कामदार बेपत्ता भएका हुन । सुरक्षाकर्मीले कालिकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किसोरको उद्धार गरिएको हो ।