काठमाडौंः इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा उल्भ्ससँग आर्सनल २–१ ले पराजित भएको हो ।

उल्भ्सको मैदानमा भएको खेलमा उल्भ्सका लागि रुवेन नेभेस र जोओ मौटिन्होले एक एक गोल गरे भने आर्सनलका लागि निकोलस पेपेले एक गोल गरे ।

सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल पराजित भएको हो ।

खेलको ३२ औं मिनेटमा पेपेले गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा आर्सनल १० खेलाडीमा समेटियो । पेनाल्टी बक्समा उल्भ्सका विलियन जोसलाई डेभिड लुइजले गोलरक्षकसँग वान भर्सेस वानको अवस्थामा रहँदा फल गरेपछि रेफ्रीले सिधै रातो कार्ड दिँदै मैदान बाहिर पठाएका थिए ।


। त्यसमै प्राप्त पेनाल्टीमा नेभेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ४९ औं मिनेटमा माउटिन्होले गोल गर्दै उल्भ्सलाई २–१ को जित दिलाए ।

यस्तै खेलको ७२ औं मिनेटमा गोलरक्षक बन्ड लेनो सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल ९ खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै उल्भ्स २२ खेलबाट २६ अंक जोडेर १४ औं स्थानमा यथावत रहेको छ । पराजित आर्सनल ३१ अंक जोडेर दशौ स्थानमा रहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २१ गते बुधबार, ०८:५४