काठमाडौंः प्रेम कथानक फिल्म ‘हिड्दा हिड्दै’ को सुटिङ आजबाट सुरु भएको छ । गत असोजमा शुभमुर्हत गरिएको फिल्मको पहिलो दिनको स्पट गोदावरी भएको फिल्मका प्रस्तुतकर्ता सुशील पंगेनीले जानकारी दिएका छन् ।

मिलन आले मगरको निर्देशनमा आकाश श्रेष्ठ,सलोन बस्नेत, नवअभिनेत्री रेखा शाह, सानीया खान, बिकास थापामगर, बिबेक रामदाम, ममता पौडेललगायतका कलाकारको अभिनय रहने फिल्मको स्क्रिप्ट प्रस्तुतकर्ता पंगेनीले लेखेका हुन् ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानर र कोहलपुर मेडिकल कलेजसँगको सहकार्यमा निर्माणाधिन फिल्मको निर्मातामा प्रमोदकुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ छन् ।


। महादेव शाही सहनिर्माता रहेको फिल्म काठमाडौं र गाइघाटमा खिचिने छ ।

सुमनकुमार तण्डुकारको छायांकन रहेको फिल्मका गीतमा बसन्त सापकोटा र किरण माइकलको संगीत र कबिराज गहतराजले कोरियोग्राफी गर्ने छन् । देव महर्जनले द्वन्द्व निर्देशन गर्ने फिल्मको मुख्य सहायक निर्देशकमा यम भण्डारी र रामकुमार थिङ छन् । फिल्मको सुटिङ अबधि ३५ दिन तोकिएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १३ गते सोमबार, २०:३५