काठमाडौंः गायक सुरेन्द्र राईको ‘एकान्त माू एल्बममा समावेस गीत ूतिम्रो छेउमा बस्दाू सार्वजनिक भएको छ ।

आजबाट रामशोभा राईको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

लकडाउन खुकुलो भएसँगै सामाजिक दुरी कायम गरेर निर्माण गरिएको सुरेन्द्र राई र गायिका शिला राईको स्वर रहेको म्युजिक भिडियोमा निर्माता राम शोभा राई रहेका छन् ।

भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुले अभिनय गरेका छन् ।

गीतमा गायक सुरेन्द्रकै शब्द रहेको छ भने रुद्र श्रेष्ठले संगीत भरेको गीतलाई मनोज मोथेले एरेन्ज गरेका हुन् ।

मितेश गुरुङको छायांकन रहेको गीतलाई सुल्तान यीधिङ्गोले निर्देशन र सम्पादन गरेका हुन् भने परोदुच्शन परशुराम राईको डिजाइन गरेका हुन् ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः आइतबार, असोज ४, २०७७, २१:५७