काठमाडौंः गायक सुरेश राना र गायिका निर्मला थापा मगरको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

बिजया दशमीको पुर्व सन्ध्यामा राना र मगरको स्वरमा रहेको ‘इन्द्रेणीको रंग’ बोलको गीत गायिका मगरको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गायक राना कै शब्द तथा संगीत रहेको गीतको भिडियोमा आरुषी मगर र अश्विन मगरको अभिनय रहेको छ ।

कमल सौरागको एरेन्ज रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन रहेको छ ।

गीतको भिडियोलाई सिर्जन बरालले निर्देशन र विजय टिखटरीले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुस्ः


प्रकाशित मितिः बुधबार, असोज १५, ११:१८