काठमाडौंः कोभिड–१९ पश्चात भएको पहिलो क्रस दुवाथलन सिरिजमा पुरुष तर्फ सुरेश भुजेल र महिला तर्फ अनिशा गुरुङ्गले प्रथम स्थान हासिल गरेका छन् ।
नेपाल ट्राईयाथलन संघको आयोजना तथा जम्प नेशनको सहकार्यमा आज नेपालको सबैभन्दा पुराने ऐतिहासिक चाकुको सहर भनेर चिनिने टोखामा भएको सिरिजको पहिलो प्रतिस्पर्धामा ३५ः४० मिनेटका साथ भुजेल र ४३ः५४ मिनेटका साथ अनिशा पहिलो भएका हुन् ।
नेपालका पहिलो म्याराथन धावक गजराज जोशिको नामले समेत परिचित टोखामा भएको सिरिजका बिजयी पुरुष खेलाडी भुजेलले जिम्बु थकालीको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग तथा महिला बिजयी खेलाडी अनिशाले काठमाडौं गेष्ट हाउसको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग प्राप्त गरे ।
।
टोखा सहरको गणेश स्थान देखि चण्डेश्वरी सम्म २.५ कि.मि. दौड, १० कि.मि. साईक्लिङ्ग र १.५ कि.मि. दौडको क्रस दुवाथलनको बिजयी खेलाडीहरुलाई टोखा नगरपालिका–२ का वडाध्यक्ष दीपक राज जोशीले पुरस्कार तथा प्रमाण पत्र बितरण गरे ।
स्थानीय स्तरबाट नै नयाँ खेलाडी उत्पादन गर्ने र कोभिड–१९ का कारण बिश्वलाई नै आक्रान्त बनाईरहेको अवस्थामा स्थानीय ब्यक्तिहरुलाई क्रियासिल बनाउँदै रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्दै जाने उद्देश्यले आयोजना गरिएको सिरिजमा पुरुष तर्फ प्रेम सिंह मोया ३७ः०८ मिनेट समयका साथ दोश्रो र आईतसिंह तामाङ्ग ३७ः१३ मिनेटका साथ तेश्रो भए । यस्तै महिला तर्फ ४८ः४३ समयका साथ सुधा राई र ५२ः३४ मिनेटका साथ युश्का महर्जन क्रमशः दोश्रो र तेश्रो भए ।
दोश्रो हुने खेलाडीहरुले क्याफेसिनोको तर्फबाट ५ सय बराबरको भौचर र प्याङ्क बाईकको १५ सय बराबरको साइकल मर्मत भौचर तथा तेश्रो हुने खेलाडीले प्यान बाईकको तर्फबाट १ हजार बराबरको साइकल मर्मतको भौचर प्राप्त गरे ।
खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै वडाध्यक्ष जोशीले ऐतिहासिक सहर टोखालाई महत्व दिएर प्रतियोगिता आयोजना गरेकोमा नेपाल ट्राईयाथलन संघलाई धन्यवाद दिँदै आफु पनि खेल क्षेत्रबाट नै अगाडी बढाएको भन्दै आगामी दिनमा संघ सँगै सहयात्रा गर्न इच्छुक रहेको बताए ।
नयाँ खेलाडी उत्पादन गर्ने, स्थानीय स्तरमा खेल प्रति जागरण गर्दै स्थानीय खेलाडी उत्पादनका साथै रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने उद्देश्यले आजोजन गरिएको सिरिजमा ट्राईयाथलनसँग आवद्ध खेलाडीहरु भन्दा नयाँ खेलाडीहरुलाई प्रार्थमिकता दिईएको छ । हामीले स्थानीय स्तरमा युवाहरुलाई खेल प्रति जागरण गर्दै नयाँ खेलाडी उत्पादनका साथै रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने उद्देश्यले सिरिजलाई महत्वका साथ अगाडी बढाएको संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताए ।
प्रत्येक दुई दुई हप्ता चार महिनासम्म आयोजना हुने सिरिजको दोश्रो संस्करण माघ १० गते किर्तिपुरमा आयोजना हुनेछ ।
प्रकाशित मितिः २०७७ साल पुस २५ गते शनिबार, १६:०१
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook