सुर्खेतः बीरेन्द्रनगर नगरपालिका–८ आवास क्षेत्रस्थित बल बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा शाही समेत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

शाहीको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४४ हजार १ सय ३५ रुपैयाँ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ ३० गते शुक्रबार, १९:१४