सुर्खेतः विरेन्द्रनगर नगरपालिका–४ मसुरीखेत चोकमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थल मै मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालीकोटको महाबै गाउँपालिका–३ सिमखेतका २० वर्षीय केशर बहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार, बाङ्गेसिमलबाट बजारतर्फ जाँदै गरेको भे १ ख २२४२ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिंहको घटनास्थल मै मृत्यु भएको हो ।


प्रकाशित मितिः मंगलबार, माघ १४, ११:३६