काठमाडौंः सुर्खेत घटनाप्रति नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले गम्भीर आपत्ति जनाएका छन् ।

सरकारले बजेट घोषणासँगै दैनिक उपभोग्य बस्तुमा अस्वभाविक मुल्यबृद्धि गरेको बिरोधमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) माथि प्रहरीले दमन गरेको प्रत्ति उनले ट्विटर मार्फत ट्विट गर्दै आपत्ति जनाएका हुन् ।

उनले ट्विटरमा लेखेका छन् सडक लोकतन्त्रको अभिन्न अंग हो, त्यहाँको प्रदर्शन पछि पार्टी कार्यलय भित्रै पसेर दमन गर्ने प्रयत्न जंगली शैली हो । यस्ता घटनाको प्रतिवादमा सिंहदरबार भित्रै पसेर प्रमकै कार्यालयअघि प्रदर्शन गर्नुपर्ने स्थिति बन्न सक्छ ।


। सरकार गम्भिर बनोस् ।

नेविसंघले देशैभर विरोध प्रदर्शन गरिरहेका बेला आन्दोलन रोक्न प्रहरी पार्टी कार्यालयभित्रै पुगेर हस्तक्षेप गरेको नेपाली कांग्रेस सुर्खेतले जनाएको बेला प्रवक्ताको यस्तो भनाइ आएको हो।