भक्तपुरः सुर्यबिनायक नगरपालिकाकाका मेयर बासुदेव थापालाई कोरोना संक्रमण भएको छ ।

उनले आज सामाजिक सञ्जाल फेसबुक मार्फत् आफूलाई कोरोना भाइरस संक्रमण भएको सार्वजनिक गरेका हुन् ।

मेयर थापाले फेसबुकमा लेखेका छन्, ‘अस्ति बिहीबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महशुस भयो । शुक्रबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । हालसम्म पनि हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन् । केही दिन यता म सँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’

उनी हाल होम आइसोलेसनमा बसेका छन् ।



प्रकाशित मितिः २०७७ साल मंसिर १३ शनिबार, १३:०३