भक्तपुरः सुर्यविनायक नगरपालिकामा कोरोना संक्रमित एक महिलाको होम आइसोलेसन मै मृत्यु भएको छ ।

सुर्यविनायक नगरपालिका–५ की ७७ वर्षीया महिलाको ८ दिन अगाडी कोरोना संक्रमण पुष्टि भएको थियो ।

मिगौलाका बिरामी उनको डाइलाईसिस गर्ने क्रममा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको सुर्यविनायक नगरपालिका–५ का वडाध्यक्ष राजकुमार जोशीले जानकारी दिए ।

त्यसैगरि भक्तपुर अस्पतालमा उपचाररत ७९ बर्षीय पुरुषको हिजो राती कोरोना संक्रमणकै कारण मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

भक्तपुर नगरपालिका–१ स्थित चुनदेवीमा बस्ने ७९ वर्षीय पुरुषमा गत असोज २३ गते कोेरोना संक्रमण पुष्टि भएको थियो ।


दुवै जनाको शव व्यवस्थापन नेपाली सेनाले आज गर्दैछ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १४ शुक्रबार, १२:४०