काठमाडौंः गायक तथा संगीतकार सुवर्णकुमार श्रेष्ठले आफ्नो नयाँ गीत ‘नमाग मसँग माया’ को भिडियो सामाजिक सञ्जाल युट्युवबाट रिलिज गरेका छन् ।

बुढासुब्बा डिजिटलबाट यो गीतको भिडियो रिलिज गरिएको हो । यो गजललाई सुवर्ण आफैंले लेखेका हुन् ।

यो गीतको भिडियो त्रिकोणात्मक प्रेम कथा देखाईएको छ । भिडियोमा गायिका, मोडल तथा सञ्चालकर्मी सरिता भारतीसँगै अभिनेता रमेश चन्द सोडारी र भूपेन्द्र कुमार खड्काले अभिनय गरेका छन् । यो भिडियोमा सरिता र रमेश प्रेमी प्रेमिकाको भूमिकामा छन् । यी दुईको प्रेममा बाधक बनेर भूपेन्द्र प्रस्तुत भएका छन् । यी तिनै जनाको अभिनय सार्थक छ ।


अतिथि भूमिकामा मेकअप आर्टिस्ट बन्दना मग्राती पनि प्रस्तुत भएकी छिन् । भिडियोको मेकअप बन्दनाले गरेकी हुन् ।

गीतको भिडियोलाई सञ्चारकर्मी डब्बुु क्षत्रीले निर्देशन गरेका हुन् । आफ्नी श्रीमती तथा प्रेमिकालाई सानो कुरामा शंका गर्दा घर नै बर्बाद हुने र सम्बन्ध बिग्रने कथा यो गीतको भिडियोमा प्रस्तुत गरिएको क्षेत्रीले बताए । बियोगान्त शैलीको यो गीतले शंकाले लंका जलाउँछ भन्ने सन्देश दिएको छ ।

भिडियोमा मोहनिस श्रेष्ठको छायांकन र डब्बु क्षेत्रीकै सम्पादन रहेको छ । भिडियोमा कलाकारहरुको पहिरन काजल क्रियसनकी फेशन डिजाईन काजल शर्माले तयार गरेकी हुन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः आइतबार, असार २१, २०७७, १९:३८