काठमाडौंः हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीजका नयाँ नयाँ गीतहरु बजारमा सार्बजनिक हुने क्रम जारि छ । यसै क्रममा सुष्मा पराजुली र कृष्ण अधिकारीको स्वरले सजिएको नयाँ तीज गीत ‘हाम्री दिदीलाई सुहाउने रातो सारी’ सार्बजनिक गरिएको हो ।

चितवनमै रेकर्डिङ तथा छायांकन गरिएको गीत ह्याप्पी मिडियाको आधिकारिक यु–ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । गीतमा रामु आचार्यको शब्द तथा कृष्ण अधिकारीको संगीत छ ।

ह्याप्पी मिडिया नेटवर्कको निर्माण रहेको गीतको भिडियोमा सुरेन्द्र भण्डारीको निर्देशन रहेको छ । गीतमा इमान बस्नेत र मदन अच्छामीको छायांकन, अर्जुन महतोको ड्रोन अपरेटिङ साथै सुरेन्द्र भण्डारी र रामु आचार्यको संयुक्त सम्पादन रहेको छ ।


किशोर तिवारीको कम्पोज भएको गीत ए टु स्टुडियो, भरतपुरमा रेकर्डिङ गरिएको हो । गीतमा रामु आचार्य, यसोदा तिमल्सिना आचार्य, प्रकृति लामिछाने, संजय दुवाडी, टिकाराम लामिछाने र एलिना बर्देवा लगायतको अभिनय देख्न सकिन्छ ।

वर्षदिनको तीजमा चेली र माईतिको महत्व बिषयमा गीत केन्द्रित छ । कोरोनाको प्रकोपले माईत जान पाइदैन कि भन्ने शंका साथै सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउदा आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई गीतले समेटेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः मंगलबार, साउन १३, २०७७, १०:२१