नवलपरासीः सुस्ताबासीले वर्षासँगै खेतीयोग्य जमिन डुबानमा परेपछि भारततर्फ रहेको गण्डक नहरको गेट भत्काएका छन्।

वर्षासँगै गण्डक नहर व्यवस्थित हुन नसक्दा सुस्तामा हरेक वर्ष कैयौ बिघा जमिन डुबानमा पर्ने गरेको र बस्तीमा पनि जोखिममा परेकोले उक्त नहर भत्काएका हुन् ।

भारतीय पक्षले साइफन सफा नगर्नुका साथै ह्युमपाइप अग्लो स्थानमा राखेकोले पानी बगेर नहरमा खस्न नसक्दा हरेक वर्ष सुस्ता डुबानमा पर्दै आएको छ।

सुस्ताको डुवान समस्या समाधानको लागि भारतीय पक्षसँग छलफल सुरु गरिएको नवलपरासी जिल्ला प्रशासनले बताएको छ ।