काठमाडौंः सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आज दुई वटा मस्कट सार्वजनिक गरेको छ ।

बैंकको व्यवसाय प्रबर्द्धन, पहिचान र प्रचार प्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मस्कट सार्वजनिक गरेको हो ।

यस पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने छन् ।

सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझेै मद्दत पुग्ने विश्वास लिइएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २४ गते शुक्रबार, २१:५२