काठमाडौंः सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बाँके जिल्लाको कोहलपुरमा आफ्नो ११४ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले बाँकेको कोहलपुर गा.वि.स.–११ बाट बैकिङ्ग सेवा सुरु गरेको हो ।

सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १४ आइतबार, १९:२१