दिपायल: डोटीको शिखर नगरपालिका १ र दिपायल  सिलगढी नगरपालिका ३ जोड्ने गेरुपानी स्थित निर्माणाधिन झोलुङ्गे सेती नदीमा खसे पछि ३ जना घाइते भएका छन् । पुल भत्किदा त्यही काम गरिरहेका ३ जना घाइते भएका हुन्।

सुनसरी गडि गाउपालिका २ वर्षीय दिलिप कुमार यादव, सोही ठाउँका २० वर्षीय युवराज चौधरी र २२ वर्षीय सुकेत ऋषिदेव घाइते भएका हुन् । घाइते मध्ये युवराज चौधरीलाई बढी चोट लागेको छ । उनलाइ नेपालगञ्ज रेफर गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । पुलको टावर ठड्याईसकेर स्टिल डेग कस्ने काम पनि अन्तिम चरणमा पुगेको थियो ।  घाइते दुई जनाको दिपायल स्थित शैलेश्वरीमा उपचार भइरहेको छ ।


। झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको भएपनि पुलका केवलहरु पुरा मात्रामा नकसिएका कारण सन्तुलन नमिलेर पुल भाँचिएको प्रहरीले बताए ।