काठमाडौ- जंगी अड्डामा बसेको सैनिक पृतनापतिहरुको समन्वयात्मक बैठकले विप्लव र सिकेराउत आन्तरिक सुरक्षामा चुनौतिपूर्ण रहेको निष्कर्ष निकालेको छ।

आइतबारदेखि दुई दिनसम्म चलेको बैठकले नेपालको आन्तरिक सुरक्षामा विप्लव र सिके राउत मुख्य सुरक्षा चुनौति रहेको निष्कर्ष निकालेको सैनिक स्रोतले जानकारी दिएको छ।

सेनाको आन्तरिक अध्ययनले तत्कालका लागि यी दुई समूह आन्तरिक सुरक्षाका लागि चुनौतिपूर्ण रहेको देखिएपछि त्यसलाई कसरी सामना गर्ने भन्ने विषयमा सेनाको पृतनामा छलफल भएको स्रोतले जनायो।

समन्वयात्मक बैठकमा पृतनापतिले हाल सानो समूहमा रहेका यी दुई समूह भविष्यका लागि चुनौतिपूर्ण रहेको भन्दै  भविष्यमा आईपर्न सक्ने चुनौतीलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सुझाव दिएका थिए।


नागरिक दैनिकमा समाचार प्रकाशित छ ।