काठमाडौंः नेपाली सेनाभित्र नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन प्रक्रिया अघि बढेपछि दुई उच्च अधिकारीले पदबाट राजीनामा दिएको समाचार आजको नागरिकले चौथो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, सेनामा लामो समयसम्म लेखा प्रमुखको जिम्मेवारीमा रहेका उपरथी भुवन अधिकारी र सिरिया फोर्स कमाण्डका अस्थायी नियुक्ति पूरा गरी फर्केका उपरथी शिवराम खरेलले राजीनामा दिएका हुन् ।

स्रोतका अनुसार उनीहरुको नागरिकता र शैक्षिक प्रमाणपत्रका विषयमा जंगी अड्डामा परेको उजुरीमा छानबिन भइरहेको छ । अधिकारीको राजीनामापत्र मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ ।

उनीमाथि शक्तिको आडमा लामो समयदेखि लेखा प्रमुखमा रहेर आर्थिक अनियमितता गरेको आरोपसमेत लागेको छ ।


। पूर्णचन्द्र थापाले सेनाको नेतृत्व समालेपछि बजेट खर्च सञ्चालनसम्बन्धी छुट्टै कार्यविधि बनाएर अधिकारीलाई आर्थिक दायित्वबाट अलग राखेको स्रोत बताउँछ ।

 


प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, ०७:२०