काठमाडौंः नेपाली सेनामा आफन्त, नातेदार, चिनचान र भनसुनका व्यक्तिलाई लाभ पुग्ने गरी सेनामा हुने गरेको भर्ना छनोट, सरुवा–बढुवा र संयुक्त राष्ट्रसंघीय शान्ति मिसन सधैंका लागि अन्त्य भएको दाबी गरिएको समाचार आजको गोरखापत्रले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, सेनाका उच्च पदाधिकारीले चिनचान, भनसुन र आफ्नो नजिकका नातेदारलाई लाभ पुग्ने गरी निर्णय गर्दा सैनिक संगठनभित्र असन्तुष्टिका साथै योग्य व्यक्ति र इमानदार सैनिक कर्मचारी अवसरबाट वञ्चित हुने गरेको गुनासो बढेपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले यस्तो कदम चालेको सेनाको उच्च नेतृत्वको दाबी छ ।


यसका लागि नीतिगत निर्णयसँगै सेनाको ‘चेन अफ कमान्ड’ लाई प्रभावकारी बनाउन राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई कारबाही अनिवार्य गरेको छ ।

भर्ना, सरुवा–बढुवा र शान्ति मिसन छनोटमा ‘पावर’ एवं भनसुन हटेको सेनाको उच्च नेतृत्वको दाबी छ ।

 


प्रकाशित मितिः बुधबार, भदौ २५, ०६:५७