काठमाडौंः सेफिल्ड युनाईटेडलाई पराजित गर्दै चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

आइतबार राति भएको खेलमा सेफिल्डलाई २–० ले पराजित गर्दै चेल्सी सेमिफाइनलमा पुगेको हो ।

चेल्सीका लागि हाकिम जिएचले एक गोल गरे भने एक गोल आत्मघाती गोलको उपहार पाएको थियो ।

चेल्सीले सुरुवाती अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो । खेलको २४ औं मिनेटमा सेफिल्डका ओलिभर नोरउडले आफ्नै पोस्टमा गोल गरेका थिए । त्यसपछि खेलको इन्जुरी समयमा जिएचले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए ।


प्रकाशित मितिः २०७७ साल चैत ९ गते सोमबार, ०६:३८