काठमाडौंः बाराको फेटा गाउँपालिका–४ बतारामा बुधबार बेलुकी ५ जनाको शव खाली सेफ्टी ट्यांकीमा भेटिएको छ ।

मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय जोगा मुखिया, उनकी ३० वर्षीया श्रीमती लालमणी विन, उनकी १२ वर्षीया छोरी सुमनी, सोही ठाउँका ३० वर्षीय महेन्द्र मुखिया बिन र अन्दाजी ५० वर्षिय बाबा भनेर चिनिने व्यक्ति रहेका छन् ।

उनीहरु बेलुकी पौने ९ बजे मृत भेटिएको बारा प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।


प्रकाशित मितिः बिहीबार, असोज १६, ०८:३७