काठमाडौंः स्पेनिस कोपा डेल रे फुटबलमा बार्सिलोना सेभियासँग पराजित भएको छ ।

बुधबार राति भएको फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना सेभियासँग २–० ले पराजित भएको हो ।

सेभियाका लागि जुलेस कुन्डे र इभान राकिटिचले एक एक गोल गरे ।

खेलको २५ औं मिनेटमा कुन्डेले गोल गर्दै घरेलु टोली सेभियालाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि ८५ औं मिनेटमा राकिटिचले गोल गर्दै सेभियालाई २–० को सहज जित दिलाए ।

बार्सिलोना र सेभियाबीचको दोस्रो लेग मार्च ४ मा हुनेछ । दोस्रो लेग बार्सिलोनाको मैदानमा हुनेछ ।


प्रकाशित मितिः २०७७ साल माघ २९ गते बिहीबार, ११:१५