काठमाडौंः सेभिया र स्पान्योलले जित निकाल्दै युरोपा लिगमा नकआउट चरणमा प्रवेश गरेका छन् ।

बिहिबार राति भएको खेलमा सेभियाले लक्समबर्गको क्लब एफ ९१ डुडेलाङ्गेलाई ५–२ ले र स्पानियोलले लुडोगोरेट्स राजग्राडलाई ६–० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेका हुन् ।

डुडेलाङ्गेको मैदानमा भएको खेल सेभियाले डुडेलाङ्गेलाई ५–२ ले पराजित गर्दा सेभियाका मुनिरले ह्याट्रिक गरे । यस्तै मुनास डाबरले पनि दुई गोल गरेका थिए । यस्तै डुडेलाङ्गेका लागि डानेन सिनानीले दुई गोल गरेका थिए ।

सेभियाका डाबरले खेलको १७ औं र ३६ औं मिनेटमा गोल गरेका थिए भने मुनिरले २७ औं, ३३ औं र ६६ औं मिनेटमा गोल गरेका थिए ।


। यस्तै डुडेलाङ्गेका सिनानीले ६९औं र ८० औं मिनेटमा गोल गरेका थिए ।

चार खेलमा स्पष्ट जित हात पारेको सेभिया १२ अंक बनाउँदै नकआउट चरणमा प्रवेश गरेको हो ।

यसैगरी स्पेनिस क्लब इस्पान्योलले बुल्गेरियन क्लब लुडोगोरेट्स राजग्राडलाई ६–० ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा स्पान्योलका लागि मेलेन्डो, लुइस लोपेज, माटियास भर्गास, भिक्टर काम्पुजानो, एड्रिया पेद्रोसा र फाकुन्डो फेरेराले एक एक गोल गरेका थिए ।

पहिलो हाफमा नै दुई जना खेलाडीले रातो कार्ड पाएपछि दबाबमा परेको लुडोगोरेट्सको पनि नकआउट चरणमा पुग्ने सम्भावना कायम छ । लुडोगोरेट्सका राफेल फोस्टरले १२औं मिनेटमा र गोराल्स्कीले ३४औं मिनेटमा रातो कार्ड पाएका थिए ।

फराकिलो जितसँगै इस्पान्योलले समूह समूह ‘एच’ मा ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित लुडोगोरेट्स समान खेलबाटै ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

यही समूहको अर्को खेलमा हंगेरियन क्लब फेरेन्कभारोस र रसियन क्लब सिएसकेए मस्कोले गोलरहित बराबरी खेल्दै अंक बाँडे । मस्कोले छनोटमा पहिलो अंक जोडेको हो । फेरेन्कभारोसको ५ अंक छ ।


प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, १०:०५